गायिका अन्जु पन्तको विवाह पाटनको चर्चमा (फाेटाे फिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ फाल्गुन २०७७, बिहीबार ०४:४८

काठमाडौं । गायिका अञ्जु पन्तले विवाह गरेकी छन् । उनले प्रेमी थीर कोइरालासँग बुधवार पाटनको एक चर्चमा क्रिस्चियन परम्परा अनुसार विवाह गरकी हुन् । अन्जु र थीर दुबै क्रिस्चियन धर्ममा आस्था राख्छन् ।

उनीहरु विगत एक वर्षदेखि प्रेम सम्वन्धमा रहेको बताइएको छ । उनीहरुको विवाह कुनै धुमधाम नगरी सामान्य रुपमा भएको बताइएको छ । बिहेमा सिमित आफन्तहरु र नजिकका साथीहरुलाई बोलाइएको बताइएको छ ।

उनीहरु दुबैले यसपटकको भ्यालेन्टाइन डे का दिन आफूहरु एकआपसमा प्रेममा रहेको सार्वजनिक गरेका थिए । गायिका पन्तको गायक मनोजराजसँग १० वर्ष अघि सम्बन्ध बिच्छेद भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०