विनायकले जित्याे पाँचौं प्याब्सक फुटसल प्रतियोगिताको उपाधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७७, आईतवार ०५:४४

काठमाडौं। डिफेन्डिङ च्याम्पियन विनायकले पाँचौं प्याब्सक फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

कपनस्थित ग्रिन विस फुटसलमा भएको फाइनलमा विनायकले माउन्ट ग्लोरीलाई ३–२ गोलले पराजित गर्दै उपाधि रक्षा गर्‍यो । विनायकका सचिन राईले २ तथा नितिश सहनीले १ गोल गरे ।

ग्लोरीबाट एलेक्स पौडेल र दावा शेर्पाले १–१ गोल फर्काए । निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगितामा विट्स एकेडेमीले त्रिनेत्रलाई ४–२ गोलले हराउदै तेश्रो भयो ।

शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । सान्त्वना पुरस्कार स्वरुप त्रिनेत्रलाई ३ हजार नगद पुरस्कार दिइयो । प्रतियोगितामा ग्लोरीका सञ्जय लामा उत्कृष्ट खेलाडी घोषित भए । विनायकका युवराज गोर्खाली उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर समान ७–७ गोल गरेका विट्सका लक्ष्मण मगर र त्रिनेत्रका निकानोर गुरुङ सर्वाधिक गोलकर्ता बने ।

उत्कृष्ट खेलाडीलाई बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता एवं वडा १० का अध्यक्ष नवराज भट्टराईद्वारा प्रायोजित खेल सामाग्री प्रोत्साहन स्वरुप प्रदान गरियो । केभीएसले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

विजेतालाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक, प्याब्सकका अध्यक्ष गेन्द्र लामा, महासचिव राजन श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

उक्त अवसरमा मनास्लु वल्र्ड कलेजका चेयरम्यान समेत रहेका प्याब्सकका अध्यक्ष लामाले प्रतियोगितामा सहभागी खेलाडी मध्ये ५ उत्कृष्ट खेलाडीलाई मनास्लुमा प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । तीनदिने प्रतियोगितामा ३२ छात्र टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०