एकसाथ देखिए पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७७, आईतवार ०५:११

काठमाडौं । वर्षौपछि पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह एकसाथ आउँनु भएको छ । लामो समयपछि पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीबीच शुक्रबार भेट भएको हो । झापाको होटल मेची क्राउनमा पूर्वयुवराज दम्पत्तीसँगै देखिनु भएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाह सहित राजपरिवारका सबै सदस्य धुलाबारीस्थित होटलमा पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सव मनाउन पुगेको अवसरमा भेट भएको हो । यसअघि पारसबाहेक राजपरिवारका सदस्य मात्र जन्मोत्सवमा सहभागी हुने बताइएको थियो ।

पूर्वयुवराज यसअघि पोखरातिर व्यस्त हुनुहुन्थ्यो भने हिमानी काठमाडौं, थाइल्यान्डतिर मात्रै व्यस्त रहने गर्नुभएको थियो । राजपरिवारका सदस्यले सामूहिक तस्विर खिच्नुका साथै जन्मोत्सवका लागि एक साता होटल बुक गरेको जानकारी दिइएको छ । बुधबारदेखि राजपरिवारका सदस्य होटलमा हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१