भागरथी हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय किशोरले बलात्कार समेत गरेको स्वीकारे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ फाल्गुन २०७७, शुक्रबार ०४:३८

बैतडी । बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले आफूले बलात्कार समेत गरेको स्वीकारेका छन् । बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले किशोरीलाई बलात्कार गरेको स्वीकार गरेका हुन् । यसअघि उनले आफूले हत्यामात्रै गरेको स्वीकारेपनि बलात्कार नगरेको दावी गर्दै आएका थिए ।

तर अभियुक्त किशोरका बुबालाई समेत साक्षी राखेर सरकारी वकिलले लिएको बयानका क्रममा आफूले घटनास्थलमा बलात्कार गरेको स्वीकार गरेका हुन् । स्रोतका अनुसार आफूमा बदलाको भावना रहेको र सोहीअनुसार आफूले भागरथीको बलात्कारपछि हत्या गरेको उनले प्रहरीलाई बताएका छन् ।

किशोरका आफन्त केही वर्ष पहिले बलात्कृत भएको र सो बलात्कारको आरोप भागरथीका आफन्तमाथि लागेको थियो । सोही प्रकरणमा किशोरमाथि बदलाको भावना रहँदै आएको अनुसन्धानबाट खुलेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका १६ वर्षीय किशोरलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०