गुल्मीमा जीप दुर्घटना, तीनजनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०७७, बिहीबार ०५:१७

गुल्मी । गुल्मीमा जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

तम्घासबाट पराल्मी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुंगा नगरपालिका–१४ को वडा कार्यालय नजिकै दुर्घटना भएको छ ।

दुर्घटनामा परी एक जनाको घटनास्थलमै र थप दुई जनाको उपचारको क्रममा तम्घास अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

दुर्घटनामा पराल्मीकै शान्ति नेपाली, गंगा नेपाली र एकराज पोख्रेलको मृत्यु भएको प्रहरीले जनाएको छ

गम्भीर घाइते दुई जनालाई उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको तम्घास अस्पतालमा उपचार भइरहेको छ । अन्य दुईजना भने सामान्य उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१