कोरोनाका बेला प्रजननमा नराम्रो असर, यसले गर्न सक्छ सुधार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०७७, बिहीबार ०५:१५

एजेन्सी । प्रजननमाथि भएको एक नयाँ अध्ययनले कोरोना महामारीको बेला जिङ्क सप्लिमेन्टको आवश्यकताका बारेमा बताइएको थियो । अध्ययनका अनुसार यो समयमा परिवार नियोजन गर्ने दम्पतीहरुले आफ्नो पोषणमा जिङ्कको मात्रा बढाउनु पर्ने बताइएको थियो । जिङ्कले शुुक्रकिटको सेल र डिम्बमा हुने माइटोकन्ड्रियल नष्ट हुनबाट बचाउँछ । यो अध्ययन रिप्रोडक्टिभ साइन्सेज भन्ने पत्रिकामा छापिएको थियो ।

पछिल्ला केही अध्ययनका अनुसार कोरोना भाइरसको असर महिलाहरु र पुरूषहरुको प्रजननमा पनि पर्ने छ । यो नयाँ अध्ययनमा प्रजननमा कोरोनाको दुष्प्रभाव कसरी सामना गर्ने भन्ने बताइएको छ । यस अध्ययन अमेरिकाको वेन स्टेट युनिभर्सिटी स्कूल अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले गरेका थिए । अनुसन्धानकर्ताले जिङ्कले प्रजनन मात्र नभई कोरोना भाइरसको विरुद्ध प्रतिरोधात्मक क्षमता पनि बढ्ने बताएका छन् ।

अनुसन्धानकर्ताले महामारीको बेला बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरुले जिङ्क सप्लिमेन्ट लिनु आवश्यक बताएका छन् । उनीहरुले सबै वयस्कहरुलाई पनि हरेक दिन थोरैमा पनि ५० gm जिङ्क सप्लिमेन्ट लिन सल्लाह दिए । ‘यसबाट प्रतिरोधात्मक क्षमता बढ्छ र शरीरलाई भाइरससँग लड्न सहयोग गर्छ,’ उनीहरुले भने ।

अध्ययनका प्रमुख लेखक डाक्टर अब सउदले जिङ्क एन्टीअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी एजेन्टका रुपमा काम गर्ने बताए । उनले भने, ‘ यसले शुक्रकीटका सेल र डिम्बका सेल भाइरसका कारणबाट हुने क्षतिको न्यूनिकरण गर्दछ ।’ यतिमात्र नभई जिङ्कले गर्भावस्थामा आउने समस्याहरुको निराकरण पनि गर्दछ ।

अनुसन्धानकर्ताहरुले कोरोनाबाट संक्रमित व्यक्तिमा साइटोकिन स्टर्म बढाउनु भन्दा अघि जिङ्कको मात्रा दिँदा गम्भीर अवस्थामा जानबाट बचाउन सकिने तर्क गरेका छन् । शरीरमा जिङ्कको मात्रा बढाउन जिङ्कयुक्त खाना खान पनि शोधकर्ताहरुले सुझाएका छन् । यसका लागि कुखुराको मासु, अण्डा, फर्सीको बीउ, राजमा, दूध, दही, बदाम, काजू, अनार अम्बा किवी, एभोकाडो र सखरखण्ड खानुपर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१