बिना धितो ठमेलका व्यवसायीहरुलाई १५ लाखसम्मको कर्जा उपलब्ध गराउछौं : संयोजक शर्मा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०७७, बिहीबार ०५:००

काठमाडौं । ठमेल पर्यटन विकास परिषदद्धारा गठित कोभिड–१९ पर्यटन व्यवसाय विपत समन्वय समितिको पहलमा कुमारी बैंक लिमिटेडले बिना धितो ठमेलका व्यवसायीहरुलाई पन्ध्र लाखसम्मको कर्जा दिने बताएको छ ।

कोभिड–१९ पर्यटन व्यवसायी विपत समन्वय समिति संयोजक तथा ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष भविश्वर शर्माका अनुसार यस विषयमा विस्तृत जानकारी दिनको लागि भोलि पत्रकार सम्मेलनद्धारा जानकारी गराउने शर्माले बताएका छन् ।

ठमेलमा नै रहेको गोकर्ण हाउस रेष्टुरेन्ट पकनाजोलमा आयोजना गर्ने भनिएको सो कार्यक्रममा पत्रकारहरुलाई बिहानको खानाको पनि व्यवस्था समेत गरिएको बताइएको छ । शर्मा भन्छन्, “हामीले समग्र ठमेलमा व्यापार व्यवसाय गरेर बस्ने सम्पूर्ण व्यवसायीहरुको कोभिड–१९ का कारण आइपरेको व्यापारी घाटालाई मध्यनजर गर्दै पहिलो चरणमा बिना धितो पन्ध्र लाख दिने वातावरण बनाएका छौँ ।” उनले थपे, ‘यसैगरी विभिन्न खालका प्याकेजहरुमा व्यापारीहरुको हकहितको निम्ति अन्य कुराहरु सार्वजनिक गर्दै जानेछौँ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१