पिस एन्जल्स स्कुल गोकर्णेश्वर ३ ले शान्ति पुस्तक दान दिवस तथा नागरिक अभिनन्दन गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७७, मंगलवार ०५:२५

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा रहेको पिस एन्जल्स स्कुलले नेपालमा पहिलो पटक शान्ति पुस्तक दान दिवस आयोजना गर्ने भएको छ ।  फागुन ४ गते श्री पन्चमी (सरस्वती पुजा)को अवसरमा बिहान ८३० बजे गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा नेपालमा पहिलो पटक शान्ति पुस्तक दान दिवस आयोजना गर्न लागिएको बिध्यालयका संस्थापक प्रिसिपल एबम अधिवक्ता राजेश कुमार बिष्टले कपन अनलाइनलाइ जानकारी गराए।

साथै उनले सोहि अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ वडा कार्यलय परिसर बाट शुरु हुने शान्ति र्याली सहित नगर प्रमुखलाई नागरिक अभिनन्दन गर्नुको साथै नगर प्रमुख बाट सांस्कृतिक संग्राहलय युक्त बिध्यालयको उदघाटन तथा ज्येष्ठ नागरिक ,विशिष्ठ साहित्यकार लेखक एबम प्रकाशक पुस्तक दाङ कर्ता र विविध सांस्कृतिक सामग्री दाताहरुलाई सम्मान समेत गरिने हुँदा उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१