महिला डाक्टरलाई चकलेट दिएर गलत्त काम गर्न खोजेपछि…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७७, आईतवार ०४:०३

काठमाडौं । प्रणय दिवसका अवसरमा भारतको मेरठस्थित जिल्ला अस्पतालमा कार्यरत महिला डाक्टरलाई चकलेट दिएर गलत्त काम गर्न खोजेको खुलेको छ । रातको ड्युटीमा रहेकी महिला डाक्टर राउण्ड गरिरहेको अवस्थामा त्यहिँ कार्यरत अर्का डाक्टर उनको पछि पछि लागेर लेबर रुममा गएका थिए ।

त्यहाँ जानेबित्तिकै चकलेट दिएर उनले बल प्रयोग गरेर सम्बन्ध कायम गर्न खोजेका हुन् । घटनाबारे प्रहरीमा जानकारी गराइपछि चकलेट दिएर गलत्त काम गर्न खोज्ने डा. विवेक फरार भएका छन् । अस्पताल प्रशासनले आरोपी डाक्टरलाई विभागीय कारबाही गरिने जनाएको छ । विवेकलाई प्रहरीले खोजिरहेको छ भने अस्पतालले पनि खोजी गरी कारबाही गर्ने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१