क्रियटिभ व्युटीले ल्यायो हर्वलयुक्त नेपाली कस्मेटिक बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७७, सोमबार ०५:४६

काठमाडौं । नेपालमा बिदेशी कस्मेटिकको अतिक्रमण बढेको बेला हर्वलयुक्त नेपाली कस्मेटिक बजारमा आएको छ । कस्मेटिक कम्पनी क्रियटिभ व्युटीले शनिबारबाट आफ्नो उत्पादन क्रियटिभ व्युटी कस्मेटिक बजारमा ल्याएको हो ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, सिटिईभिटीको व्युटी कोअर्डिनेटर डा. राजश्री श्रेष्ठ, बरिष्ट व्युटिसियन सिता पाठक र सुमित्रा रँजितले यो कम्पनीको एक दर्जन भन्दा बढी उत्पादनलाई शनिबार राजधानीमा एक समारोहबीच सँयुक्त रुपमा सार्वजनिक गरे । शनिबार सो समारोहमा क्रियटिभ व्युटीका सेम्पु, बडी लोसन, डे क्रिम, नाईट क्रिम, टोनर, केराटिन, क्लिन्जिङ, फेसियल क्रिम, ग्लिसिरिङ, गुलाब जल जस्ता विभिन्न कस्मेटिक सामग्री सार्वजनिक गरियो ।

यो कम्पनीको ४० भन्दा बढी उत्पादन चाँडै नै बजारमा आउने जानकारी क्रियटिभ ग्रुपकी सल्लाहकार तथा बरिष्ट व्युटिसियन सुमित्रा रँजितले कार्यक्रममा बताईन् । कार्यक्रममा सबैलाई स्वागत गर्दै नेपालमा आएका कैयौं भारतीय तथा चाईनिज कस्मेटिकहरु केमिकलयुक्त भएकाले आफुहरुले आयुर्वेदिक कस्मेटिक काभ्रेमा उत्पादन गरेर बजारमा ल्याएको र यो स्वास्थ्यका लागि पूर्ण लाभदायक रहेको पनि उनले बताईन् ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले नेपाली हर्वलयुक्त कस्मेटिक बजारमा आउनु खुसीको कुरा भएको बताईन् । यसले नेपालीलाई रोजगार दिनुका साथै नेपालीको स्वास्थ्यामा फाईदा पुग्ने विश्वास आफुले लिएको उनको भनाई थियो । महानगर पालिकाले पनि व्युटी सम्बन्धि विभिन्न प्रशिक्षण दिएर महिलालाई आत्मनिर्भर बनाएको जानकारी दिँदै यस्ता नेपाली उत्पादनलाई प्रोत्साहन गर्नु पर्ने उनले बताईन् ।

सो कम्पनीका निर्देशक अशोक श्रेष्ठले आफुहरु ग्राहकको स्वास्थ्य प्रति निकै गम्भिर भएकाले हर्वल कस्मेटिक बजारमा ल्याएको बताए । क्रियटिभ व्युटीका हर्वल उत्पादनहरु पूर्ण रुपमा परिक्षण गरेर बजारमा ल्याएकाले निर्धक्क भएर प्रयोग गर्न पनि उनले सुझाब दिए । बिदेशी कस्मेटिक भन्दा अझ गुणस्तरीय र सस्तो उत्पादन आफुहरुको रहेको पनि उनले बताए । सो कम्पनीको सिईओ अनुप कुमार श्रेष्ठले समारोहमा सम्बोधन गर्दै क्रियटिभ व्युटीका उत्पादनका फाईदा, यसको विभिन्न स्किम र भविष्यको योजनाबारे प्रकाश पारे ।

कस्मेटिक व्यवसायी संघका अध्यक्ष रँजित पौडेलले नेपाली उत्पादन बजारमा ल्याउनु राम्रो भएको बताउँदै गुणस्तरमा ध्यान दिन सुझाब दिए । राम्रो र गुणस्तरीय उत्पादन ल्याउँदा आफुहरुले पुरा सहयोग गर्ने बाचा गर्दै यो उत्पादनलाई सफलताको शुभकामना दिए ।

सिटिईभिटीकी कोअर्डिनेटर डा. राजश्री श्रेष्ठ, बरिष्ट व्युटिसियन सिता पाठक, लायन्स निरा बज्राचार्यलगायतले पनि यो नेपाली उत्पादनलाई प्रयोग गर्न कार्यक्रममा सहभागीलाई अनुरोध गरे । हर्वल उत्पादन भएकाले क्रियटिभ व्युटीका प्रोडक्ट राम्रो हुने विश्वास उनीहरुले कार्यक्रममा व्यक्त गरे ।

आयोजकका तर्फबाट कार्यक्रममा विभिन्न डेमो प्रदर्शन गर्दै सम्बन्धित उत्पादनको बारेमा जानकारी गराईएको थियो । यस्तै सो उत्पादनको बिक्री बापतको विभिन्न स्क्रिम पनि कार्यक्रममा घोषणा गरियो ।

May be an image of ७ people, including Sumi Ranjit तथा people standingMay be an image of 1 व्यक्ति तथा standingMay be an image of १२ people, including Anup Kumar Shrestha, Sumi Ranjit and Nisha Shrestha तथा people standingMay be an image of ४ people, including Anup Kumar Shrestha तथा people standingMay be an image of ६ people, including Anup Kumar Shrestha, people standing तथा पेय पदार्थ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१