कोरोना खोप अभियान माघ १४ देखि : ७ प्रदेशका ६२ अस्पताल र १२० बढी खोप केन्द्रहरु तोकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७७, सोमबार ०५:१५

काठमाडौं । सरकारले माघ १४ गतेदेखि देशभर एकैपटक कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यमन्त्री हृदयेश त्रिपाठीले खोप अभियान १४ गते बिहान १० बजेदेखि सुरु हुने जानकारी दिएका छन् ।

फ्रन्टलाइनरलाई खोप लगाएर सुरु हुने खोप अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । पहिलो चरणमा १८ गतेभित्र देशका ७७ वटै जिल्लामा खोप अभियान सञ्चालन हुनेछ ।

भारत सरकारको सहयोगमा नेपाल आइपुगेको १० लाख डोज कोभिशिल्ड खोपलाई अभियानमार्फत लगाउन लागिएको हो । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोपको पहिलो डोज लगाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१