नेकपा नफुटेको भन्दै निर्वाचन आयोगद्वारा दुबै समूहको माग अस्वीकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७७, सोमबार ०५:१२

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नफुटेको भन्दै केपी ओली र प्रचण्ड–माधव पक्षको मागदाबी अस्वीकार गरेको छ । आयोगले आइतवार अबेर दुबैको मागदाबी नपुगेको निष्कर्षसहित नेकपा विभाजनले मान्यता नपाउने निर्णय गरेको हो ।

आयोगले दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएको ठहर पनि गरेको छ । ओली र प्रचण्ड–माधव दुबै समुहले केन्द्रदेखि प्रदेश प्रदाधिकारीमा दुबै पक्षले एक अर्कालाई कारबाही गरिरहेका छन् ।
प्रचण्ड–माधव समुहले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय समितिको बहुमत सदस्यहरुको उपस्थितिमा कारबाही गरी आजबाट साधारण सदस्यबाट पनि निष्काशित गर्ने निर्णय गरेको छ । उनको ठाउँमा माधव कुमार नेपाल अध्यक्ष बनेका छन् । उता ओली समूहले आफ्नो समुहका प्रवक्तको जिम्मेवारी नारायणकाजी श्रेष्ठको ठाउँमा प्रदीप नेपाललाई दिएको छ । आयोगको यो निर्णयले नेकपामा थप अन्यौल थपिएको छ ।

प्रधानमन्त्री ओलीले बैशाखमा मध्यवधी निर्वाचनको मिति तोकिसकेको अवस्थामा दल र चुनाव चिन्हको निचोड बिना चुनावमा कसरी भाग लिने भन्ने प्रश्न पनि खडा भएको छ । प्रचण्ड–माधव समूहले भने प्रतिनिधि सभाको विघटन र मध्यवधी निर्वाचनको विरुद्धमा सडक तताइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०