ओलीलाई साधारण सदस्यबाटै हटाउने प्रचण्ड-माधव समूहको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७७, सोमबार ०५:१०

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटसमेत हटाएको छ । पेरिसडाँडामा आइतबार बसेको स्थायी समिति बैठकले ओलीलाई हटाएको हो ।

प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालको उपस्थितिमा बैठकले पार्टी अनुशासन पालना नगरेको भन्दै साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।

यसअघि, प्रचण्ड-माधव समूहका नेताहरु नेपाल, झलनाथ खनाललगायतले ओलीलाई साधारण सदस्यबाटै हटाउने सार्वजनिक मञ्चहरुमा भन्दै आएका थिए । गत पुस ५ मा सरकारले संसद विघटन गरेपछि नेकपामा एक समूहले अर्को समूहलाई कारबाही गर्नेगरी राजनीतिक विभाजन आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०