प्रचण्ड र बाबुराम नजिकिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ माघ २०७७, आईतवार ०५:२३

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई दश वर्ष लामो जनयुद्धका सहकर्मी हुन् । तर, यी दुई लामो समय पानी बाराबारको स्थितिसम्म बसे । बाबुरामले कम्युनिस्ट सिद्धान्त छाडे । यतिसम्मकी उनी कम्युनिस्टको आलोचना गर्न थाले ।

बाबुरामले प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी पार्टी परित्याग गरी नयाँ शक्ति नेपाल शुरु गरे । पछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेर अध्यक्ष बने । त्यसपछि राष्ट्रिय प्र पार्टीसँग एकता गरी बनेको जनता समाजवादी पार्टीसँग एकता गरी बनेको समाजवादी जनता पार्टीको चौंथो वरियताका नेता बने ।

त्यसबीच प्रचण्डले माओवादी पार्टीलाई एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनाए । उक्त पार्टीको अध्यक्ष समेत बने । जनयुद्धका सहकर्मी नेताहरुको राजनीतिको गोलचक्कर अहिले आएर फेरि नयाँ मोडमा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड र बाबुरामलाई राजनीतिक दृष्टिकोणले नजिक बनाएको छ । दुवै संसद पुनःस्थापनाको पक्षमा उभिएका छन् । दुवैलाई दुईवटा समान डर छ ।

पहिलो डर संविधानसभाबाट बनेको संविधान समाप्त होला भन्ने हो । यो संविधानको मुख्य विशेषता भनेको गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता हो । यसलाई समाप्त गर्ने प्रयास भइरहेको प्रचण्ड र बाबुराम दुवैले बोल्दै आएका छन् । संविधानसभामार्फत् अहिलेको संविधान बन्नुमा माओवादी जनयुद्ध पनि मुख्य कारण हो । प्रचण्ड र बाबुरामले गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता प्राप्तीमा जस लिदै आएका छन् । देश नै उनीहरुले स्थापित गरेको प्रणालीमा चलेको सन्देश दिदै आएका छन् । यही प्रणाली नै समाप्ती हुने डर दुवैलाई छ ।

दोस्रो डर सशस्त्र द्वन्द्वकालीन मुद्दाहरु उठाउने प्रयास हुनसक्ने नै हो । १७ हजार मारिएको जनयुद्धको नेतृत्व गरेको माओवादीका नेताहरुमा प्रचण्ड र बाबुराम नै मुख्य थिए । उनीहरुमाथि युद्धअपराधको आरोप लाग्ने डर पनि छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहिबार एक कार्यक्रममा सशस्त्र द्वन्द्वमा भएका मानवताविरोधी अपराधमा छूट नदिइने बताइसकेका छन् । ओलीले यी मुद्दाहरु धमाधम उठाएर प्रचण्ड र बाबुरामलाई समस्यामा पार्न सक्ने सम्भावना छ ।

प्रचण्डले ९ माघमा नेकपाको आफ्नो पक्षले गरेको शक्ति प्रदर्शनका क्रममा आफूलाई ओलीले एक नम्बरको अपराधी ठानेर सिध्याउन खोजेको आरोप समेत लगाएका छन् । उनको यो भनाई अर्थपूर्ण छ । यसरी कुनैपनि बेला राजनीतिक प्रणाली समाप्त पार्ने देखि आफूहरुलाई नै जेल हाल्ने कदमहरु चालिनसक्ने देखेर प्रचण्ड र बाबुराम नजिकिएका छन् ।

शुक्रबार दुवै नेतालाई उपराष्ट्रपति नन्दबहादुर पुनको पहलमा भेटाइएको छ । तिव्र गतिमा विकास भएको राजनीतिक घटनाक्रमलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१