ओलम्पिया स्कुलका दुई सञ्चालक ठगी आरोपमा पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ माघ २०७७, आईतवार ०५:०९

काठमाडौं । बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कुलका २ जना सञ्चालकहरूलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । सञ्चालकहरू शिरिष खड्का र सुरेन्द्र महर्जनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार पक्राउ गरेको हो ।

उनीहरूले स्कुलको नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना २ पैसा जग्गा कृष्ण प्रसाद देवकोटालाई बिक्री गर्ने भन्दै २०७६ को वैबैशाखमा २ करोड ७५ रुपैयाँ बैना लिएका थिए । तर पछि जग्गा समेत अर्केलाई बिक्री गरेर बैना रकम फिर्ता दिएका थिएनन् ।

लामो समयदेखि फरार रहँदै आएका उनीहरुलाई ठगी मुद्दामा अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा शनिबार काठमाडौंबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१