ढलको पानीबाट बिजुली निकाल्न सकिने वैज्ञानिकको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ माघ २०७७, शुक्रबार ०५:२३

एजेन्सी । वैज्ञानिकहरुले अब फोहोर ढलबाट पनि बिजुली निकाल्न सकिने प्रविधिको विकास गरेका छन् । स्पेनका वैज्ञानिकहरुले आफ्नो एक रिसर्चमा पर्पल रंगको ब्याक्टेरियालाई सूर्यको प्रकाशको माध्यमबाट शक्ति प्राप्त हुने दाबी गरेका छन् । फेरि यसको प्रयोग गर्दै ब्याक्टेरियाले हाइड्रोजन फ्यूललाई छुट्याउने उनीहरुको तर्क छ ।

यसले कुनै पनि जैविक सडेगलेका पदार्थबाट कार्बन उत्सर्ग गर्दछ । यस प्रक्रियाबाट निस्किने इनर्जी बिजुली बनाउनमा प्रयोग गर्न सकिने वैज्ञानिकहरुको दाबी छ । ब्यक्टेरियामाथि रिसर्च गरिरहेका किंग जुआन कार्लोस युनिभर्सिटीका वैज्ञानिकहरुले पर्पल फोटोट्रपिक ब्याक्टेरियालाई इलेक्ट्रिक करेण्ट दिँदा कुनै पनि जैविक फोहोरबाट १ सय प्रतिशतसम्म कार्बन निकालिने बताएका छन् । “यो समयमा हाइड्रोजन ग्यास निस्किन्छ र यसलाई बिजुली बनाउन सकिन्छ,” उनीहरु बताउँछन् ।

वैज्ञानिकहरुका अनुसार घर र कारखानाबाट निकालिने फोहोरमा बायोप्लाष्टिक, एनिमल प्रोटिन र अन्य धेरै प्रकारका चिजहरु प्नि पाइने हुन्छ । यसलाई सफा गर्ने कुनै ठोस उपाय पनि हुन्न । पर्पल ब्याक्टेरियामा यसप्रकारको फोहोरलाई इन्धनमा परिवर्तन गर्ने गुण हुन्छ ।

यसको मेटाबोलिज्म शक्तिशाली भएका कारण यसले यी सबैलाई पचाउन सक्दछ । यो सूर्यको किरणबाट फोटोसिन्थेसिस प्रक्रियाका माध्यमबाट आफ्नो खाना बनाउँदछ । यसमा ब्याक्टेरियोक्लिोरोफिल ए र बी पिगमेन्ट पाइन्छ । ब्याक्टेरिया बैजनी रंगको हुनुमा पनि यहि पिगमेन्टले काम गरेको हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१