प्रधानमन्त्रीले ‘तस्कर’लाई नै वनमन्त्री बनाएको नेता रावलको आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ माघ २०७७, शुक्रबार ०५:०८

कञ्चनपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको हराभरा वन फँडानी गर्न ‘तस्कर’लाई नै वनमन्त्री बनाएको आरोप लगाएका छन् ।

कञ्चनपुर जिल्लाको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेटघाटमा उनले वनमन्त्री नै ‘तस्कर’ भएको आरोप लगाएका हुन ।

वनमन्त्री प्रेम आलेप्रति कटाक्ष गर्दै उनले वन तस्करीको मिसिल आदालतमा जीवितै रहेकाले पूर्वइतिहास खोज्ने डरले उनी कुप्रचारमा लागेका बताए।

‘वन मन्त्री आउँदा तस्कर आयो भन्दै निकै चर्चा हुने गरेको छ,’ उनले प्रधानमन्त्रीसँग प्रश्न गरे , ‘यस्ता तस्करलाई वनमन्त्री बनाएर गर्न खोजेको के हो ?’

प्रधानमन्त्री ओलीमा शक्ति र पदको दुरुपयोग गरी झुटको खेती गरिरहेको समेत नेता रावलको आरोप थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य खगराज भट्टले प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्र शाहकै पथमा हिँड्न खोजिरहेको बताएका छन्।

प्रधानमन्त्री ओलीलाई लक्षित गरेर उनले सिंहदरबारको निरङ्कुशता परास्त गर्न सिंगो पार्टी पंक्ति एकजुट हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१