सुन्दरीजलमा नगरपालिकाकै पहिलो खुल्ला फिटनेश पार्क उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०७७, बिहीबार ०५:५३

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजलमा फिटनेश पार्क उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले सोमबार पार्कको उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथी चालिसेले नगरपालिकाकै पहिलो फिटनेश पार्क उद्घाटन गर्न पाउँदा धेरै खुुसि व्यक्त गर्दै फिटनेश पार्कलाई सुरक्षित र सबै मौसममा प्रयोग गर्न मिल्ने बनाउन टस लगायतका भौतिक पूर्वाधारको विकास गर्दै जाने प्रतिबद्धता जनाए ।

मेयर चालिसेले फिटनेश पार्कले स्थानीय क्षेत्रमा स्वास्थ्य सचेतना बढाउने विश्वास व्यक्त गर्दै सुन्दरीजलमा फिटनेश पार्क स्थापना पछि नगरपालिकाका विभिन्न ठाउँबाट फिटनेश पार्क स्थापनाका लागि माग आएको बताए । उनले फिटनेश पार्कमा रहेका सामग्रीबाट स्वास्थ्य लाभ लिन सुन्दरीजलवासीहरुलाई आग्रह गरे ।

पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले गोकर्णेश्वर नगरपालिकाकै पहिलो फिटनेश पार्क सुन्दरीजलमा बन्नु वडा नं. १ को विकासमा नगरपालिकाले प्राथमिकता दिएको उदाहरण भएकोमा जोड दिए । उनले विकाससँग मानव स्वास्थ्य पनि जोडिएकोले फिटनेश पार्क बनाउने युवाहरुको कार्यको तारिफ गरे ।

बी.पी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले अहिलेको सुविधाभोगी जीवनशैलीले स्वास्थ्य जोखिममा रहने भएकोले फिटनेश पार्क स्वास्थ्य सचेतना बढाउन, शारीरिक मानसिक स्वास्थ्य बढाउन सहयोगी हुने धारणा व्यक्त गरे ।

उद्घाटन कार्यक्रमका सभापति तथा गोकर्णेश्वर नगरपालिका वडा नं. १ का अध्यक्ष राम मानन्धरले नगरपालिकाकै पहिलो फिटनेश पार्क बनाउन वडा नं. १ लाई प्राथमिकता दिएकोमा मेयरलाई धन्यवाद व्यक्त गर्दै पार्क बने पछि वृद्धवृद्धाहरुले पनि उत्साहका साथ स्वास्थ्य लाभका लागि पार्कका सामग्रीहरु प्रयोग गरेकोमा खुसि व्यक्त गरे ।

अध्यक्ष मानन्धरले पार्कले स्थानीय क्षेत्रमा शारीरिक र मानसिक स्वास्थ्यको अवस्थामा सुधार गर्ने र स्वास्थ्य सचेतना पनि बढाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै साविक सुन्दरीजल गाविसका वडा अध्यक्ष निमा शेर्पाले पार्क बन्नुमा स्थानीय युवाहरुको भूमिका महत्वपुर्ण रहेकोमा जोड दिदैं सुन्दरिजल युथ क्लबलाई धन्यवाद व्यक्त गरे ।

 

कार्यक्रममा ओख्रेनी माविका पूर्व व्यवस्थापक शेर बहादुर तामाङ, वडा सदस्य राजेन्द्र रोक्का, वडा ९ का नेपाली कांग्रेसका सभापति शंकर श्रेष्ठ, तरुण दलका केन्द्रीय पार्षद पवन गहतराज, सुन्दरिजल युथ क्लबका अध्यक्ष आइतमान तामाङ लगायत उल्लेख्य संख्यामा स्थानीयहरुको उपस्थिती रहेको थियो ।छविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, Dipak Risal सहित, उभिएका मानिसहरू तथा  बाहिरीछविमा समावेश हुनसक्ने: Dipak Risal, उभिएको, बाहिरी तथा  प्रकृतिछविमा समावेश हुनसक्ने: २ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  बाहिरी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१