सपथ लिँदै बाइडेनले भने, यतिखेर हामीले लोकतन्त्रलाई बचायौं

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०७७, बिहीबार ०४:५६

एजेन्सी । ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडेनले बुधवार राति सपथ लिएका छन् । सपथग्रहण समारोहमा उनले आफूहरुले मनाईरहेको उत्सव लोकतन्त्रका कारण सम्भव भएको बताए ।

उनले भने, “हामीले लोकतन्त्र अनमोल छ भन्ने सिकेका छौं । लोकतन्त्र कमजोर भएको छ । यो समयमा साथीहरु ! हामीले लोकतन्त्र बचायौं ।” उनले आगामि चुनौतिहरुको सामना गर्न अमेरिकीहरु एकजुट हुनुपर्ने बताए । उनले भने, “देशमा विद्यमान समस्याका बाबजुद पनि हामी एकजुट हुनु पर्नेछ ।”

उनले आजको दिन लोकतन्त्रको दिन भएको बताउँदै आशाको दिनका रुपमा बुझ्न आग्रह गरे । “अमेरिकाले धेरै परीक्षाहरुबाट अगाडि बढेको छ र हरेक चुनौतिमा पार लगाउन सक्षम छ ।” उनले भने, “प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ। यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ।”

त्यसैगरी उपराष्ट्रपति कमला ह्यारिसले आफ्नो ट्वीटरमा आफू सेवाका लागि तयार भएको बताएकी छन् । उनी अमेरिकी इतिहासकै पहिलो अश्वेत महिला उपराष्ट्रपति हुन् । उनी एशियाली मूलकी अमेरिक नागरिक हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०