आइसियुमा उपचाररत कोरोना संक्रमितको मृत्युपछि डाक्टर कुटिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७७, बुधबार ०५:०६

काठमाडौं । कोरोना संक्रमितको मृत्यु भएपछि आइसियूमा कार्यरत चिकित्सकमाथि कुटपिट भएको छ ।

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियूमा उपचाररत ६१ वर्षीय कोरोना संक्रमितको मृत्युपछि चिकित्सक कुटिएका हुन् ।

कोरोना संक्रमितको मृत्युपछि उनका आफन्तले आक्रोशित हुँदै डाक्टरमाथि नै कुटपिट गरेको एक चिकित्सकले बताए ।

बिरामीको कोरोनाका कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा नस्वीकारेको र ड्युटीमा खटिएको चिकित्सकलाई नै हातपात गरेका हुन् ।

गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भयो ।

बिहानको घटनापछि भने महाराजगञ्ज प्रहरी कार्यालयले चिकित्सकमाथि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१