पहिलोपटक नेपालका १० पर्वतारोहीले गरे पाकिस्तानको केटु हिमाल आरोहण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७७, आईतवार ०५:१९

काठमाडौं । पाकिस्तानस्थित केटु हिमालको नेपालका १० पर्वतारोहीले सफल आरोहण गरेका छन् ।

विश्वको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन । यो पहिलोपटक आरोहण भएको हो । केटु ८ हजार ६११ मिटर अग्लो छ ।

आरोहीहरुले शनिवार साँझ ५ः४५ बजे आरोहण गरेका हुन् । नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा आरोहण गर्दै कीर्तिमान राखेका ह्न् ।

१० आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेर अर्को कीर्तिमान कायम गरेका छन् ।

आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्सका छाङदावा शेर्पाले आरोहणको सफलता पुष्टि गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१