दैनिक कफी पिउँदा प्रोस्टेट क्यान्सरको खतरा १० प्रतिशत कम !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ माघ २०७७, शुक्रबार ०५:२९

एजेन्सी । जाडोयामसँगै कफीका पारखी बढेका छन् । नेपाली समाजमा केही वर्ष पहिले नौलो मानिने कफी अब सत्कारको एउटा अंग नै बन्न पुगेको छ । आफ्नै स्वदेशी उत्पादनमा पनि धेरै अग्र्यानिक कफीहरुले विश्व बजार पनि पाउन थालेको छ । कफीका धेरै फाइदा मध्ये आज एक महत्वपूर्ण फाइदाका बारेमा यहाँ चर्चा गर्न गइरहेका छौं ।

प्रोस्टेट क्यान्सरको खतरा १० प्रतिशत कम गर्ने हो भने दैनिक कफी पिउने बानी बसाल्नुहोस् । चिनियाँ अनुसन्धानकर्ताहरुले क्यान्सरबाट पीडित भइरहेका र कफी नियमित पिउँने गरेका छन् भने उनीहरुमा १६ प्रतिशतसम्म सुधार भएको बताएका छन् । यो भन्दा पहिले भएको अनुसन्धानले पनि कलेजो, स्तन र आन्द्राको क्यान्सरको खतरा घटाएको पाइएको छ ।

बेलायत मेडिकल जर्नलमा प्रकाशित पब्लिक रिसर्चका अनुसार अनुसन्धानले कफी कम वा धेरै प्रयोग गर्ने मानिसहरुमा प्रोस्टेट क्यान्सर खतरा बताएको थियो । यसमा एक, दुई वा त्यो भन्दा बढी कफी पिउने मानिसहरु सहभागी थिए । अनुसन्धानमा प्रोस्टेट क्यान्सरका ५७, ७३२ रोगीको डाटा पनि सामेल गरिएको थियो ।

अनुसन्धानकर्ता डा. ब्याङ्ग भन्छन्, “धेरै नै ब्लड सुगर लेबल सुधार्दछ र कफी सुन्निने रोगको समस्याका लागि पनि फाइदाकारी मानिन्छ । यसमा एन्टअक्सिडेन्ट हुन्छ र त्यसले शरीरमा क्यान्सर पैदा गर्ने यस्ता फ्रि रेडिकल्स बन्नबाट रोक्दछ ।”

एक दिनमा एक कफ कफी खानु ठीक मानिन्छ । यसभन्दा धेरै कफीले शरीरमा क्याफिनको मात्रा बढाउन सक्छ र दिनभरमा ३०० देखि ४०० एमजी भन्दा धेरै क्याफिन हानिकारक छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१