बुढानिलकण्ठ नगरपालिकामा साइवर अपराध एवं सुरक्षा बिषयक एक दिवसिय अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०७७, मंगलवार ०५:०७

काठमाडौं। सूचना प्रविधिको युगमा अवसर संगै समस्या र चुनौतीहरु दिनानुदिन बढिरहेको अवस्थामा यसका जोखिम र निराकरणका उपायहरु खोजी गरी समाजलाई साइवरको आतंकबाट मुक्त गराउने उद्धेश्यका साथ एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

बोस्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ड नगरपालिकाका नगर प्रमुख उद्धव खरेल, अतिथि उपप्रमुख रमा राई, प्रमुख कार्यकारी अधिकृत बैकुण्ठ सापकोटा, महाराजगंज प्रहरी नायव उपरिक्षक, रोशन खड्का, प्रहरी निरिक्षक राजकुमार सिंह, बुनपा प्रशाषकीय अधिकृत जयराम गजुरेल, योजना प्रमुख महेश प्रसाद पाठक, लेखा प्रमुख लोकबहादुर बोहोरा, स्वास्थ्य प्रमुख कुमार दाहाल, सम्वन्धित शाखा प्रमुखहरु, बुनपाका १३ वटै वडाका वडाध्यक्ष एवं वडा प्रतिनिधि नागरिक समाजका व्यक्तिहरु, विभिन्न मिडियाका पत्रकारहरु एवं स्थानीय गरी १०० भन्दा बढीको संख्यामा सहभागीको उपस्थिति रहेको थियो ।

बिगत १५ बर्ष देखि सूचना प्रविधि क्षेत्रका अनुसन्धान कर्ता एवं सूचना प्रविधि सुरक्षा प्रशिक्षक हेमपाल श्रेष्ठको मुख्य प्रशिक्षण रहेको कार्यक्रममा समग्र सूचना प्रविधि नीति, संघीय सरकारका सूचना सुरक्षा मापदण्ड, अव स्थानीय सरकारले चाल्नु पर्ने कदमहरु र आधारभूत सीप विकासको तालिम प्रदान गर्नुभएको थिया भने नेपाल प्रहरी सामुदायिक साजेदारी कार्यक्रम अन्तर्गत प्रहरी निरिक्षक राजकुमार सिंहले सामाजिक संजाल दुरुपयोग र यसको नकारात्मक प्रयोगबाट भोग्नु पर्ने क्षति एवं सजायको बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सहभागीहरुले कार्यक्रमको दौरानमा साइवर अपराधको कारण भोगेका पीडाहरु आदानप्रदान गर्दै त्यसको निवाकरणका लागि नेपाल प्रहरी संग गुनासो सुनुवाई गर्न आग्रह समेत राखेका थिए । सहभागी हरुले यस प्रकारको कार्यक्रमले मानिसमा सचेतनाको विकास हुने र समाजमा हुने अपराधिक क्रियाकलापमा न्युनीकरण हुने विश्वास ब्यक्त गर्दै नगरपालिका का अतिरिक्त बडा स्तरमा, नागरिक स्तरमा र नियमित रुपमा यस प्रकारका प्रभावकारी कार्यक्रम संचालन गर्न सके साइवर सुरक्षाको महत्व झन् बढेर जाने सुझाव समेत प्राप्त भएको थियो । सूचना प्रविधि क्षेत्रमा एक दशक देखि सक्रिय वेव बैँक नेपालको संयोजनमा सचालन भएको कार्यक्रमलाई बुढानिलकण्ठ नगरपालिकाले आयोजना गरेको जानकारी कार्यक्रम संचालक अनिल अधिकारीले गराउनुभयो ।

हेर्नुस फोटो र भिडियो :

छविमा समावेश हुनसक्ने: ६ जना मानिसहरू, Lok Lama Gole सहित, बसिरहेका मानिसहरूछविमा समावेश हुनसक्ने: 1 व्यक्ति, बसिरहेको तथा  tableछविमा समावेश हुनसक्ने: २ जना मानिसहरू, बसिरहेका मानिसहरूछविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, Mukunda Dhungana सहित, बसिरहेका मानिसहरू तथा  tableछविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, Nawaraj Bhattarai सहित, बसिरहेका मानिसहरू, table तथा  घरभित्रछविमा समावेश हुनसक्ने: Mukunda Dhungana, उभिएको तथा  दाह्री, 'साइबर सुरक्षा CYBER CRIME सम्बन्धी एक दिने अभिमुखिकरण तालिम आयोजक: WEBBANK WEBBANKNL NEPAL वेबबैक नेपाल प्रा. लि. सहकार मिति: ২০७७, पौष શ७ गते स्थान: नगरपालिकाको सभाहल बुढानिलकण्ठ' भन्ने पाठछविमा समावेश हुनसक्ने: २ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरभित्रछविमा समावेश हुनसक्ने: 1 व्यक्ति, बसिरहेको तथा  घरभित्रछविमा समावेश हुनसक्ने: 1 व्यक्ति, उभिएकोछविमा समावेश हुनसक्ने: 1 व्यक्तिछविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरूछविमा समावेश हुनसक्ने: 1 व्यक्ति, बसिरहेको, table तथा  घरभित्रछविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, Mukunda Dhungana सहित, बसिरहेका मानिसहरू, 'सा दिने जम' भन्ने पाठछविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरभित्रछविमा समावेश हुनसक्ने: 1 व्यक्ति, बसिरहेकोछविमा समावेश हुनसक्ने: 1 व्यक्तिछविमा समावेश हुनसक्ने: 1 व्यक्ति, उभिएकोछविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, बसिरहेका मानिसहरूछविमा समावेश हुनसक्ने: 1 व्यक्ति, बसिरहेकोछविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, Surendra Lama सहित, बसिरहेका मानिसहरूछविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, Surendra Lama सहित, बसिरहेका मानिसहरूछविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, बसिरहेका मानिसहरू

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१