नेकेड एक्सप्रेसको ब्राण्ड एमबेसडर प्रदिप खड्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०७७, मंगलवार ०६:२३

काठमाडौं । नेकेड एक्सप्रेस प्राईभेट लिमिटेडले नेपाली समाजको पपुलर अभिनेता प्रदिप खड्कालाई आफ्नो ब्राण्ड एमबेसडर बनाएको छ । नेकेड एक्सप्रेस नेपालको नम्बर एक कपडाको ब्राण्ड रहेको छ । यो ब्राण्ड चीनको उत्पादन हो । नेपालमा यस ब्राण्डको १० ओटा थोक पसल रहेका छन् भने ७०० ओटा खुद्रा पसलहरु रहेका छन् ।

वि.सं २०१६ मा स्थापना भएको यो ब्राण्ड नेपालीमाझ चर्चित रहेको छ । पुरुषलाई विशेष ध्यानमा राखेर यो ब्राण्ड अगाडी बढ्ने क्रममा अब भने महिलाको निम्ति पनि उत्पादन सुरु गरेको र मूल्यमा पनि सामान्य रहने यस कम्पनीका अध्यक्ष किशोर खतिवडाले कार्यक्रममा बताए । प्रेस मिट आयोजना गरी उनले आफ्नो ब्राण्ड एम्बेसडर सार्बजनिक गरेका हुन् । कार्यक्रममा नबिल बैकको प्रमुख कार्यंकारी अधिकृत अनिलकेशरी साहले यस कम्पनीलाई सफलताको शुभकामना दिदैँ अक नेपालको आफ्नै ब्राण्डको सङख्यामा बृद्धि हुनुपर्ने पनि बताए । सो कार्यक्रममा प्रदिप खड्काको बाबुआमालाई समेत सम्मान गरियो । आफ्नो मन्तव्यमा बोल्दै खड्काले आफू नेपाली ब्राण्डको एम्बेसडर बन्न पाएकोमा खुसी व्यक्त गरे । उनका लागी यु कार्यक्रममा पुरुष माडेलहरुको रेम्प वाक समेत राखिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१