नाजिर र आँचलको ‘तोरी पेल तेल’को कभर भिडियो प्रतियोगीता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०७७, आईतवार ०५:०९

काठमाडौँ । आँचल शर्मा र नाजिर हुसेन अभिनित  ‘तोरी पेली तेल’ बोलको गीत रिलिज भएसँगै राम्रो चर्चा बटुलीरहेको छ । जसको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई डेढ लाख नगदसहित सम्मान गरिने भएको छ ।

क्याडी इन्टरटेन्मेन्टका अनुसार उत्कृष्ट भिडियो बनाउने प्रतियोगीलाई एउटा भिडियोमा काम गर्ने अवसर समेत दिइनेछ । दीपक शर्माको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार भएको भिडियोमा प्रेम र रोमान्सका रमाइला पलहरु समावेश गरिएको छ ।

जसमा अस्मिता अधिकारी र प्रनय क्याडी श्रेष्ठको स्वर रहेको छ । विकास धमलाको सम्पादन, सबोल जोशीको कोरियोग्राफी, वुद्ध थापाको छायांकन रहेको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०