पहिलो डेटमा नै पार्टनरलाई आफ्नो बशमा पर्ने यी उपाय जान्नुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७७, शुक्रबार ०६:१०

काठमाडौं । अहिलेको समयमा कुनै युवतीसँग वा युवकसँग डेटमा जानु सामान्य मान्न थालिएको छ । त्यस्तै, पहिलोपटक डेट ( first date ) मा जाँदै हुनुहुन्छ र पार्टनरसँगको सम्बन्ध सुमधुर र दिगो बनाउन चाहनुहुन्छ ? तर चाहेर पनि तपाईं कहिलेकाँही आफु अनुकुल गर्न सक्नुहुँदैन । त्यसको प्रत्यक्ष प्रभाव तपाईंको पार्टनरलाई नपर्ला भन्न सक्ने अवस्था रहँदैन । आज हामी विशेष गरेर पहिलो डेटमै युवतीलाई आफ्नो बशमा पार्ने केही उपाय ( tips ) हरुबारे चर्चा गर्न गइरहेका छौँ ।

सामान्यतयाः पहिलो डेटका लागि तोकेको समयभन्दा केही अगाडि नै पुग्नु राम्रो हुन्छ । सकेसम्म तपाईंको पार्टनर आइपुग्नु भन्दा अगाडि तपाई त्यहाँ पुग्दा त्यसको प्रभाव सकारात्मक हुने जानकारहरु बताउँछन् ।

 

कुनै रेष्टुरेन्ट या क्याफेमा पहिलोपटक भेट्दै हुनुहुन्छ भने युवती आउँदा ढोका खोल्नुलाई पनि सकरात्मक रुपमा लिने गरिन्छ । उनी बस्ने स्थानको कुर्सी मिलाइदिनुस् । अर्को महत्वपूर्ण कुरा के भने उनी बसिसकेपछि मात्र तपाईं बस्नुहोस् ।

 

पहिलो भेटमा अन्य प्रकारका उपहारभन्दा पनि फूल नै प्रभावकारी हुने बताइन्छ । वास्नादार फूलले तपाईंको सम्बन्धलाई पनि वास्नादार बनाउन सघाउने बताइन्छ ।

अर्को एकदम रोचक एवं महत्वपूर्ण कुरा युवती आइपुग्नु अगाडि नै मोबाइल साइलेन्ट मुडमा राख्ने गर्नुपर्छ । यसले पहिलो भेटको कुराकानीमा केही अवरोध हुँदैन जसले तपाईंले उनलाई विशेष महत्वका साथ लिएको आभास हुनसक्छ । यदी तपाईं अधिक समय मोबाइलमा बिताउनु हुन्छ भने त्यसले दिर्घकालीन असर गर्न सक्छ । अर्कोतिर अनिवार्य कल आयो भने उनलाई सोधेर एकदम छोटो कुरा गर्नुस् ।

डेटका लागि स्थान चयनको कुराले पनि महत्वपूर्ण भुमिका खेल्ने गर्दछ । विज्ञहरुका अनुसार सकेसम्म व्यक्तिहरु आवत–जावत भइरहने स्थानमा जानु राम्रो हो । तर धेरै भीडभाड हुने स्थानलाई पनि उपयुक्त मानिएको छैन । सामान्य रुपमा भन्दा न भीडभाड न सुनसान त्यस्तो ठाउँ रोज्नुपर्छ ।

बेलुकाको समय पहिलो डेटको समय जुरेको छ भने पनि मापसेतिर ध्यान दिनु हुँदैन । अझ विशेष कुरा के हो भने आफू पनि नपिउनु र युवतीलाई अफर पनि नगर्नु चलाखी हुनसक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०