पारस खड्कालाई कोरोना सङ्क्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७७, शनिबार ०४:५४

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

आफू कोरोनाबाट सङ्क्रमित भएको उनले केहीबेर अघि सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् ।

पूर्व कप्तान खड्काले आज बिहान पीसीआर परीक्षण गराएका थिए । आजै उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  

पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा थिए । कोरोना पुष्टि भएपछि उनले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उनी चिकित्सकको सल्लाहअनुसार होम आइसोलेशनमा बसेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०