महासंघमा पर्यटन क्षेत्रबाट एकमात्र उमेद्धवारका रुपमा थपलियाको बलियो दाबेदारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०७७, बुधबार ०५:२०

काठमाडौं । उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा पर्यटन क्षेत्रबाट एकमात्र उमेद्धवारका रुपमा रामशरण थपलिया चुनावी मैदानमा छन् । उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य रामशरण थपलिया पुनः दोस्रो कार्यकालका लागि केन्द्रिय सदस्यको उमेद्धवारका रुपमा चुनाबी मैदानमा होमिएका हुन । थपलिया चन्द्र ढकाल समुहबाट एसोसिएट तर्फको उमेद्धवार हुन । एसोसिएट उपाध्यक्षमा रामचन्द्र साँघाई सौरभ ज्योतिसँग भिडदै छन् ।ठमेल पर्यटन बिकास परिषद्को अध्यक्ष भएर काम गरिसकेका थपलिया पर्यटन क्षेत्रका हस्ती मानिन्छन् ।पर्यटन र समग्र निजी क्षेत्रको उन्नयन र विकासमा थपलियाको विशिस्त्ठ योगदान छ । महासंघमा उनको राम्रो पकड रहदै आएको छ ।

थपलियाको भनाई

– महासंघमा चन्द्रप्रसाद ढकाल समुहबाट एसोसिएट सदस्यका रुपमा केन्द्रीय सदस्यमा मेरो उमेद्धवारी रहेको छ । पर्यटन क्षेत्रकै लागि पनि मेरो उमेद्धवारी आफैमा महत्वपूर्ण छ । अघिल्लो कार्यकालमा पर्यटन क्षेत्र सुधार, पूर्व मेची देखी महाकाली सम्मका नयाँ पर्यटकीय गन्तव्यहरुको उजागर गर्दै, बिकास गर्दै लैजाने हाम्रो उदेश्य रहेको थियो । धेरै कामहरु पनि भए, उद्योग पर्यटन क्षेत्र भनेको आफैमा गतिशिल क्षेत्र हो, अब यति गरेपछि सकियो भन्ने हुँदैन । यस्तोमा हामी सबैको ध्येय पर्यटन क्षेत्र उद्योगको बिकास र बिस्तार नै हो । यद्यपी कोभिड १९ का कारण आशातित काम हुन सकेनन । पर्यटन बजार लामो समय ठप्प भयो । अब बिस्तारै चलायमान हुँदैछ । व्यावसायीहरुलाई ऐक्यबद्ध गरेर लैजानको लागि पनि सही नेतृत्व चाहिन्छ, म आफै पनि उद्योग महासंघ भित्रकै मेलमिलाप केन्द्रमा सभापतिका रुपमा रहेर व्यावसायिक हकहितका लागि, आपसी बैमनुष्यतालाई हटाएर अगाडि बढ्ने बातावरण तयार गर्न लागि परेकै स्थीति हो ।

हाम्रो जितको आधार के ?

अघिल्लो पटक पनि महासंघमै केन्द्रिय सदस्यका रुपमा रहेर भुमिका निर्वाह गरिसकेको छु । यसपटक चन्द्रप्रसाद ढकाल समुहबाट मेरो उमेद्धवारी परेको छ । तुलानात्मक रुपमा हामीमा सहानुभुति बढि नै रहेको छ । बिधानतः पदाधिकारीका लागि २ कार्यकाल सदस्यका रुपमा बिताएका व्यक्ति हुनुपर्ने प्रावधानले पनि पुनः सदस्यका रुपमा साथीहरुले सहयोग गर्नुहुन्छ भन्नेमा आशाबादी छु । व्यावसायिक हकहित र समग्र उद्योग, पर्यटन क्षेत्रको बिकासका लागि भुमिका निर्वाह गर्न सक्ने भोलिको व्यक्ति थपलिया नै हो, भन्नेमा धेरै व्यावसायी साथीहरु हुनुहुन्छ । अर्को कुरा पर्यटन क्षेत्रबाट बिशुद्ध उमेद्धवारका रुपमा साथीहरुले मलाई सहयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।

मलाई भोट किन ?

पर्यटन क्षेत्रको बिकास, व्यावसायिक हकहित र व्यावसायको जर्गेनाको निम्ती मैले हिजोका दिनमा खेलेको भुमिका सर्बबिदितै छ । त्यसैका निरन्तरता र अग्रगतिको बिन्दुमा पुर्याउनको लागि म उपयुक्त पात्र हुँ भन्ने लाग्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१