दोलखाको भीमेश्वरमा पसिना आयो : अनिष्ठ हुने भन्दै पूजापाठ, प्रसाद राष्ट्रपतिलाई पठाइने (विज्ञप्तिसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०७७, बुधबार ०५:००

काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको भन्दै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेको छ । ‘पसिना’ आएमा मुलुकमा अनिष्ठ हुने विश्वास गरिन्छ ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकाले पसिना आएपछि मन्दिरमा पूजापाठ गरिएको र पूजापाठको प्रसाद राष्ट्रपतिलाई पठाइने कुरा उल्लेख गरिएको छ ।

विज्ञप्ति अनुसार मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक पटकको समयमा मन्दिर शिलामा पसिना आएको उल्लेख गरिएको छ । मन्दिरका पुजारी तथा गुठियारहरुले पूजापाठ गरेको प्रशासनले जनाएको छ ।

शिलाबाट पसिना आउँदा अनिष्ठ हुने जनविश्वास रहँदै आएको छ । शिलाको एकापट्टी पसिना आउँदा मुलुकको नेतृत्वमा र अर्को पट्टी पसिना आउँदा जनतामा अनिष्ठ हुने मान्यता रहेको छ । तर, यस पटक दुबै पट्टी पसिना आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०