डाक्टरले विरामीकी पत्नीसँग सम्बन्ध राखेपछि तिर्नुपर्ने भाे ३५ करोड जरिवाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०७७, बुधबार ०४:५२

एजेन्सी । आफ्नी पत्नीसँग सम्बन्ध कायम गरेपछि एक व्यक्ति डिप्रेशनको शिकार भए । उनी डिप्रेशनको उपचारका लागि डाक्टर कहाँ जान लागे । तर, पछि उनै डाक्टरसँग उनकी पत्नीको अफेयर चलिरहेको थियो । यसैकारण ती व्यक्तिको वैवाहिक सम्बन्ध बिग्रियो ।

वैवाहिक सम्बन्ध बिग्रिएपछि अमेरिकाको ओहियोमा बस्ने ४७ वर्षका पीर्सन टोनले अहिले ती डाक्टर विरुद्ध मुद्धा हालेका छन् । पीर्सनले डाक्टरलाई जरिवानाका रुपमा करीब ३५ करोड नेपाली रुपैयाँ बराबारको रकम माग पनि गरेका छन् ।

पीर्सनले रोनाड रोजेन नामका डाक्टरसँग पेशागत लापरवाहीका लागि जरिवाना मागेका हुन् । पीर्सन भन्छन्, “ उनीकी पत्नी र दुई बच्चा डाक्टर रोजेनसँग जाने गर्दथे । सोही क्रममा डाक्टर रोजेन र मेरी पत्नीको अफेयर शुरु भयो ।”

शुरुवातमा डाक्टरले उनलाई कसरी सम्वन्धहरुमा सुधार ल्याउन सकिन्छ भन्ने बताएका थिए । तर, पछि पत्नीले स्वयम् पतिलाई डाक्टरसँग आफ्नो अफेयर रहेको बताएकी थिइन् ।

यसपछि पति–पत्नीबीच सम्बन्ध बिच्छेद भयो । अफेयरको बेला डाक्टर रोजेन आफैं विवाहित थे र उनका दुई छोरीहरु प्नि थिए । अदालतमा मुद्धा दायर गर्दै पीर्सनले डाक्टरको रवैयाका कारण धेरै भावानात्मक क्षति भएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१