पोखरामा प्याराग्लाइडिङ दुर्घटना : पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७७, मंगलवार ०६:००

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । यात्रु गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज दिउँसो १ बजे प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय पाइलट राजु गैरे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छन् ।

श्रेष्ठलाई उपचारका लागि काठमाडौं लागिएको  छ । छाती, ढाड, र खुट्टामा गम्भीर चोट लागेकी उनलाई पोखराबाट रेफर गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१