देशभर थप १,६६९ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०७७, सोमबार ०३:२८

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १,६६९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा थप १,६६९ जनामा संक्रमण पुष्टि भएको हो ।

डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ८०३२ नमूनाको पिसिआर गरिएकोमा १६६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ । जसमध्ये १ लाख ९९ हजार २४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै कोरोना संक्रमणबाट देशभर थप १६ जनाको ज्यान गएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ जना पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१