बूढानीलकण्ठ नगरपालिकाका कर्मचारी खत्रीको कोरोनाको कारण मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०७७, शुक्रबार ०५:३०

काठमाडौं। बुढानिलकण्ठ नगरपालिकामा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। लामो समय देखि बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा कार्यालय सहयोगीका रुपमा कार्यरत रहेका स्थानीय वासी शिवराम खत्रीको मेडिकेयर अस्पताल चाबहिलमा उपचारका क्रममा मङ्सिर ३ गते बेलुका १०.३० बजेको समयमा निधन भएको छ।

पहिलेदेखिनै विभिन्न रोगसंग जुध्दै आएका खत्रीलाई कोरोना संक्रमण देखिए संगै उनको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने भएको कुरा वडा नं ११ ले जानकारी दिएको छ। खत्रीको उपचारका लागि अस्पताल भर्ना गरेर परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।

वडा नं ११ ले नगरपालिकामा कार्यरत रहेका खत्रीको निधनले स्तब्ध भएको बताउँदै दु:खद् घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०