लकडाउनमा शिशुका लागि ४२ लिटर आफ्नो दुध दान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०७७, बुधबार ०४:५०

एजेन्सी । ४२ वर्षकी फिल्म निर्माता निधि परमार हिरन्दानीले केही समय अघि एक बच्चालाई जन्म दिइन् । सुत्केरी उनलाई आफूसँग धेरै मात्रामा दुध रहेको महशुस भयो । उनले आफ्नो यो स्थितिको बारेमा घरपरिवार र आफ्ना साथीसँग सोधपुछ गरिन् ।

धेरैले धेरै प्रकारका सुझाव दिए । ठूलो परिणाममा स्तनमा जम्मा भएको दुधलाई अन्य शिशुहरुका लागि दान गर्ने उनी निश्कर्षमा पुगिन् । उनले इन्टरनेटमा जब आफ्नो समस्याको बारेमा खोजी गरिन् तब अमेरिकामा बे्रष्ट मिल्क डोनेशन हुने जानकारी पाइन् । उनकी गाइनाकोलोजिस्टले मुम्बईको एक अस्पतालले पनि गत वर्षदेखि बे्रेस्ट मिल्क बैंक चलाइरहेको बताइन् ।

निधिले आफ्नो दुध डोनेशन गर्नुभन्दा पहिले नै भारतमा लकडाउन शुरु भयो । तर, अस्पतालले उनलाई आश्वस्त पार्दै घरमै आएर पनि दुध लिन सकिने जानकारी दियो । यसै वर्षको मईदेखि अहिलेसम्म निधिले ४२ लिटर ब्रेस्ट मिल्क सूर्या अस्पतालको नियोनेटल इन्टेन्सिभ केयर युनिटमा दान गरेकी छन् । यो अस्पतालमा ६५ शैस्य्या सुचारु छन् । अस्पतालमा धेरै शिशुहरुको तौल औसत भन्दा कम रहेको छ ।

निधिले भनिन्, “म केही दिन पहिले अस्पताल गएकी थिएँ । अस्पतालमा मैले दान गरेको दुधको कसरी प्रयोग भइरहेको छ भन्ने म जान्न चाहन्थेँ । त्यहाँ मैले लगभग ६० शिशुलाई आमाको दुधको आवश्यकता थियो । यो देखेर मैले आउँदो वर्षसम्म यिनीहरुलाई आमाको दुध खुवाउने मैले सङ्कल्प गरेकी छु ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०