अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको व्यवस्थापन समिति सदस्यमा गुरुङ निर्वाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०७७, शुक्रबार ०५:५६

काठमाडौँ । पर्यटन व्यवसायी कुलबहादुर गुरुङ अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको व्यवस्थापन समिति सदस्य पदमा निर्वाचित भएका छन् ।

नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव समेत रहेका गुरुङ शनिबार राति भएको भर्चुअल साधरणसभाबाट चार वर्षे कार्यकालका लागि इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउन्टेनियरिङ फेडरेशन(यूआईएए)को म्यानेजमेन्ट कमिटीको सदस्य पद निर्वाचित भएका हुन् ।

यूआईएएमा निर्वाचित हुने उनी दोस्रो नेपाली हुन् । यसअघि सन् २०१६मा एनएमकका पूर्व अध्यक्ष जिम्बा जाङ्बु शेर्पा यूआईएएको म्यानेजमेन्ट कमिटी सदस्यमा निर्वाचित भएका थिए ।

सन् १९३२ मा स्थापना भएको यूआईएए पर्वतरोहण र पर्वतीय समुदायको विकासमा काम गर्दै आएको एक मात्र अन्तर्राष्ट्रिय महासंघ हो ।

महासचिव गुरुङले यूआईएएको सचिवालय सदस्यमा निर्वाचित हुनु नेपाली पर्वतीय पर्यटनको लागि महत्वपूर्ण अवसरको रुपमा लिएको बताएका छन् । उनले पर्वतीय पर्यटनको विश्व मञ्चमा नेपाल र नेपालको पर्यटनलाई थप महत्वपूर्ण स्थान दिलाउन आफूले भूमिका खेल्ने बताए ।

यूआईएएको अक्टोबर २३ र २४ तारिखमा भएको अधिवेशनले अल्पाइन क्लब अफ क्यानाडाका पिटर मोइरलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१