चन्द्रागिरी र गोदावरीमा एक–एक जना मृत फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०७७, शुक्रबार ०५:२५

काठमाडौं । काठमाडौंको चन्द्रागिरी र ललितपुरको गोदावरीमा आज दुई जना मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार चन्द्रागिरी नगरपालिका १५ ढुङ्गेअड्डा खड्कुले खोला पुलमुनी ओखलढुङ्गा सिस्नेरी गाउँपालिका २ का ३६ वर्षीय माईला भन्ने गणेश नेपाली मृत फेला परेका छन् ।

यस्तै ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल बस्ने ३३ वर्षीय श्रीराम कुँवर आफ्नै घरमा आज मृत फेला परेका छन । मृत्युको कारण भने नखुलेको र उक्त घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उता काठमाडौं महानगरपालिका ९ विजयचोक डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटकी मन्दिरा थापा भण्डारीको झण्डै डेढ लाख चोरी भएको छ । उनको कोठाबाट रु ४८ हजार रुपैयाँ नगद र ग्लोबल बैंँकको एटिएमबाट रु एक लाख चोरी भएको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१