उपत्यकामा थपिए १६१५ कोरोना संक्रमित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०७७, शुक्रबार ०५:०९

काठमाडौं। गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६१५ जना कोरोना संक्रमित थपिएका छन्।

नेपालभर थपिएका २ हजार ३६४ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६१५ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १ हजार ३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २ हजार ३६४ भेटिएसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१