कोरोनाको दैनिक ‘प्रेस ब्रिफिङ’ नगर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०७७, बिहीबार ०५:२२

काठमाडौं । कोरोना भाइरसको संक्रमणका बारेमा जानकारी दिने नियमित प्रेस ब्रिफिङ अब दैनिक नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार अब आइतबार र बुधबार दिउँसो ४:१५ बजेमात्रै प्रेस ब्रिफिङ राखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अब हप्ताको दुई दिनबाहेक अन्य दिन प्रेस ब्रिफिङ नहुने जानकारी दिए । उनका अनुसार दैनिक नेसनल अपडेट अब नगरेर आइतबार र बुधबारमात्रै गरिने जानकारी दिए ।

२४ घन्टाको अपडेटलाई भने दैनिक ४:३० बजे वेभसाइट, फेसबुक, भाइबर र मोबाइल एप्समार्फत जानकारी गराउने गौतमको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१