ओली-नेपालबीच झण्डै तीनघन्टा भेटवार्ता : ओलीले भने, ‘अब मिलेर जाऔँ, अबको नेता तपाईँ नै हो’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०७७, बिहीबार ०५:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा छलफल भएको नेपाल निकट स्रोतले जनाएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दूरी बढेसँगै ओलीले भेटवार्ताका लागि नेपाललाई बालुवाटार बोलाएका थिए । भेटवार्ताका क्रममा ओलीले पार्टीमा मिलेर अगाडि बढ्ने प्रस्ताव गरेका छन् । स्रोतका अनुसार ओलीले भेटवार्ताका क्रममा भने, ‘अब मिलेर जाऔँ, अबको नेता तपाईँ नै हो । पार्टी महाधिवेशनबाट तपाईँले पार्टीको नेतृत्व लिनेगरी सबै कुरा मिलाउनु पर्छ ।’

नेता नेपालले विधि र प्रक्रिया अनुसार अगाडि बढ्न सुझाव दिएका थिए । उनले भने, ‘म मिल्नका लागि तयार नै छु । तर विधि र प्रक्रियामा पार्टी चलाउनु पर्छ । त्यसका लागि तपाईँले गल्ती सच्चाउनु पर्छ ।’

यसअघि कात्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले नेपालसँग भेटवार्ता गरेका थिए । कात्तिक ४ गतेको भेटवार्तामा पनि ओलीले मिलेर जानका लागि वरिष्ठ नेता नेपालसँग प्रस्ताव राखेका थिए । नेपाल निकट स्रोतले भेटवार्तामा पनि कुनै प्रगति नभएको नागरिकखबरलाई जानकारी दियो ।

प्रचण्डसँग अघिल्लो मंगलबारदेखि संवादहीनताको अवस्था उत्पन्न भएपछि ओलीले नेता नेपालसँग छलफल थालेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१