समुन्द्री राक्षसको ९ वटा दिमाग र ३ वटा मुटु हुन्छ !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७७, बुधबार ०४:१९

एजेन्सी । पृथ्वीमा लाखौं जीव जन्तुहरु छन । सबैका आ–आफ्नै प्रजाति, बिशेषता र आकारहरु रहेका हुन्छ । जसमध्ये कुनै कुनै जीव निकै विचित्र खालका पनि छन । जसलाई देखेर हामीलाई अचम्म पनि लाग्छ । यीनै मध्येको एक हो– अक्टोपस । यो जीव समुन्द्रको गहिराई देखि तटीय क्षेत्रमा बस्छ । यो जीव विहान बेलुकाको समयमा खानाको खोजीमा समुन्द्रको माथिल्लो भागमा आउने गर्छ । यो जीव अर्थात अक्टोपसका ३ सय प्रजातिहरु छन ।

यो जीव विश्वभरका सबै महासागरहरुमा पाइन्छ । यो जीवलाई अष्टबाहु पनि भनिन्छ । किनकी यो जीवको आठवटा हातहरु हुन्छन । निकै अचम्म लाग्ने विषय के छ भने, अक्टोपसलाई धेरै भोक लाग्यो र खाने कुरा नपाएका बेला आफ्नै हात पनि खान्छ । आफैले खाएर ठुटो बनेका हात केही समयपछि पुनः पलाएर पहिलेको जस्तै बन्छ ।

अक्टोपसका तीन वटा मुटु हुन्छन । जसमध्ये दुईवटा मुटुले रक्त प्रवाहको काम गर्छन । तेस्रो मुटुले रगतलाई शरीरका सबै अंगहरुमा पुर्याउने काम गर्छ । अक्टोपसको रगत अन्य आम जीवहरुको जस्तो रातो हुँदैन । यसको रगत निलो रंंगको हुन्छ । खासगरी अक्टोपसको रगतमा हिमोसाइनिन नामक कपर आइरनले भरपूर प्रोटिन पाइन्छ । यही कारण यो जीवको रगतको रंग निलो हुन्छ । अक्टोपसको आयु निकै कम हुन्छ ।

यसका केही प्रजाती केवल ६ महिना मात्रै बाँच्छन भने केही ५ बर्षसम्म पनि बाँच्न सक्छन । समुन्द्री जीव अक्टोपसको दिमाग निकै तेजिलो हुन्छ । किनकी यसको दिमाग अर्थात मस्तिष्क एउटा हैन, ९ वटा हुन्छ । यीनमा करिब ५ सय मिलियन न्युरोन पाइन्छ । यो न्युरोन स्नायु प्रणालीको मध्य भाग र प्रत्येक हात जोडिएका स्थानमा हुन्छ । यसले अक्टोपसको हरेक चाललाई नियन्त्रणमा राख्छ ।

अक्टोपस कुनै पनि समस्यालाई सजिलै सुल्झाउन माहिर जीव हो । यसले कुनै पनि काम सजिलै सिक्न पनि सक्छ । यही क्षमताका कारण अक्टोपसले आफुमाथी हुने कुनै पनि आक्रमणबाट बच्ने उपाय तुरुन्तै निकाल्छ । यसले आफ्ना शत्रुसंग बच्नका लागि विशेष खालको रशायनको प्रयोग गर्छ । आफु असुरक्षित भएको महसुस गर्नासाथ अक्टोपसले निलो रंगको रगतको फोहोरा छाडछ ।

त्यो रगत पानीमा घोलिएर कालो रंगको धुवाँ जस्तै बन्छ । यसमा टायरोसिनस् नामक रशायन हुन्छ । यसले अक्टोपसको शिकार गर्न खोज्ने कुनै पनि जीवको आँखामा जलन उत्पन्न गराउँछ र केही पनि देख्न नसक्ने बनाउँछ । यही मौकाको फाइदा उठाउँदै अक्टोपस सुरक्षित स्थान तर्फ सुईंकुच्चा ठोक्छ । अक्टोपसका कुनै कुनै प्रजातिहरु निकै विषालु हुन्छन । यतिसम्म कि यदी ती विषालु अक्टोपसले कुनै पनि मानिसलाई एक पटक मात्रै टोक्न पायो भने उसको तुरुन्तै मृत्यु हुन्छ ।

यही कारण वैज्ञानिकहरुले अक्टोपसलाई समुन्द्री गहिराईमा बस्ने राक्षस पनि भन्ने गर्छन । अक्टोपस विभिन्न आकारका हुन्छन । सबैभन्दा बढी पाईने भल्गरिस अक्टोपस १२ देखि ३६ ईन्च लामो हुन्छ । यसको तौल ३ देखि १० किलोसम्म हुन्छ ।

सबैभन्दा सानो वुल्फी अक्टोपस १ ईन्च लम्बाइ र १ ग्राम तौलको हुन्छ । त्यस्तै विशालकाय प्यासिफिक अक्टोपस १६ फिट लम्बाइ र ५० किलो तौलसम्मको हुन्छ । अहिलेसम्मकै विशाल अक्टोपसको कुरा गर्ने हो भने, सन १९५७ मा दक्षिणी क्यानाडाको समुन्द्रमा एक विशालकाय अक्टोपस फेला परेको थियो । जसको तौल २७० केजी थियो । त्यसका हातहरु ५ मिटर लामो रहेको लाइभ साइन्सले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१