यो वर्ष विपदमा परेर ४६३ को मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७७, बुधबार ०४:१०

काठमाडौँ। बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता ४६३ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ को ज्यान लिएको छ ।

यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र जनावरको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

प्राधिकरणका अनुसार पहिरोमा परेर ६४ र बाढीबाट ३७ जना बेपत्ता छन् ।

यो अवधीमा विपदमा परेर ८०३ जना घाइते भएका छन् भने ७९ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१