जन्मदिनको धेरै भन्दा धेरै शुभकामना तिमीलाई….

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०७७, शनिबार ०४:५६

बिहान सबैरै उठ्ने देखि बेलुकी जुठा भडा राख्न हुन्न,
हाम्रो सस्कृती हाम्रो धरोहर हो भन्दै सिकाउने तिम्रो स्वभावमा थोरै भएपनि मैले हजुर आमा देखेँ ।

आफ्नो कामले समाजलाई आफ्नै तरिकाले बदल्न सक्नुपर्छ भन्ने,
जत्ति नै माया भएपनि थोरै मात्र खुलेर प्रस्तुत गर्ने स्वभावमा मैले तिमीमा मेरो बुवा देखेँ ।

माया र ममताले भरिपूर्ण अनि सानो खुशीमा पनि हाँस्न सिकाउने,
आफ्नो कारणले अरुलाई बाधा नहोस् भनी सोच्ने बानीमा मेरो आमा देखेँ ।

मेरो हरेक कदमलाई साथ दिई गल्तीलाई सच्याउदै, मलाई अझै अगाडी बढ्न सिकाउने, तिमीले चाहे जे पनि गर्न सक्छौ भनेर प्रेरणा दिने स्वभावमा मैले मेरो दिदी देखेँ ।

कुनै बेला निक्कै कडा तर कहिले काहिँ साह्रै चन्चल, हाँसो मजाक्, ठट्यौली पारा देखाई मलाई सक्दो खुशी बनाउने बानीले मेरो दाईपनि देखेँ ।

सान्तोना, तिमीमा मैले आफ्नो परिवार देखेँ, परिवार भन्दा टाढा रहेरपनि परिवार पाउन
खोज्नु यो भन्दा म अरु केहि माग्न सक्दिन । तिमीलाई सदैव माया र साथ दिनेछु ।

ढिलै भएपनि जन्मदिनको धेरै भन्दा धेरै शुभकामना !106226716_704168627027181_6796618673187538176_n.jpg118260793_742098716567505_1951440946070842396_n.jpg

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१