कोरोना लाग्नु अघि डराउनुस् र लागिसकेपछि नडराउनुस्ः हास्यकलाकार हरिवंश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७७, आईतवार ०५:०२

काठमाडौ । वरिष्ठ चर्चित हास्यकलाकार हरिवंश आचार्यले कोरोना लाग्नु अगाडि लाग्नबाट डराउन र लागिसकेपछि डराउन नहुने बताएका छन् । यसले कोरोनाबाट मुक्त हुन मनोवल बढ्ने उनको बुझाई छ ।

मुलुकमा निम्तिने अनेक समस्याको समाधानका लागि निश्वार्थ रुपमा सक्रिय हुने सोचका साथ गठित कम्पास (युवाहरुको समूह) ले इन्स् एण्ड आउट्स् अफ कोभिड १९ (कोभिडको आगमन र बहिर्गमन) विषयमा शनिबार गरेको बेभिनारमा कलाकार आचार्यले कोरोनालाई सामान्य रुपमा नलिन सबैसँंग विशेष आग्रह गरे ।

‘यो वर्षको दशैंमा टीका थाप्न म कसैको घरमा पनि आउँंदिन, तपाईहरु पनि कोही पनि मेरो परिवारमा नआउनुहोला, उनले भने, कोरोनाबाट बच्नका लागि हामी आफूले आफूलाई नै मन्दिर सोचौं, आफनो घर नै मन्दिर सोचौ र आआफनै घरमै बसेर दशैं मनाऔं ।’

कोरोना पोजेटिभमा रहेका आचार्यले दशैं दशै हुनेतर्फ विशेष सतर्क रहन आग्रह गरे । उनले आफू बच्ने मात्रै होइन, अरुलाई कोरोनाबाट बचाउनु पनि आफ्नो दायित्व समझन आग्रह गरे । यो वर्षको दशैं बाँंच्ने उत्साहको रुपमा लिन उनले सवैसँंग आग्रह गरे । हामी बाँंची राखे दशैं अर्काे वर्ष पनि आउने र भगवान हामीसँंगै रहने चर्चा गर्दै उनले सार्वजनिक सवारीसाधन प्रयोग गरी दशैैंमा यताउती नजान पनि सबैसँंग अनुरोध गरे ।

आफूलाई कोरोना लागेको शनिबारको दिनबाट १३ दिन भएको र भोलि आइतबार टेष्ट गर्ने योजनामा रहेको भन्दै उनले भोलिको टेष्टबाट आफू र आफनो श्रीमती दुवै कोरोनामुक्त हुने विश्वास गरे । कोरोनाले छाडातन्त्र मन पराएको भन्दै उनले छाडा नभई अनुशाशनमा वस्न आग्रह गरे । अहिलेको विषम परिस्थितिमा चिकित्सक नै भगवान सम्झेर चिकित्सकलाई सम्मान गर्न उनले आग्रह गरे ।

कार्यक्रम तालिका अनुसार पहिलो चरणमा नेपलिज सोसाइटी अफ न्युरो सर्जनका अध्यक्ष डा प्रविण श्रेष्ठले नेपालमा कोरोनाको अवस्थाबारेमा जानकारी गराएका थिए । उनको विश्लेषणमा नेपालमा कोरोना जोखिम अझ वढ्दै गएकोले विशेष सतर्कता अपनाउनुपर्ने खाँंचो औल्याए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१