काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या ५१ हजार नाघ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०७७, शनिबार ०४:१७

काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ५१ हजार नाघेको छ ।

देशभर हाल ३७ हजार ३८२ संक्रिय संक्रमित रहेका छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमित २२ हजार २२९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल काठमाडौं जिल्लामा मात्र १७ हजार ६८५ जना सक्रिय संक्रमित छन् । यस्तै, ललितपुरमा दुई हजार ९१४ र भक्तपुरमा एक हजार ६३० जना रहेका छन् ।

हालसम्म काठमाडौं उपत्यकामा ५१ हजार ९४१ जनामा संक्रमण देखिएको छ । जसमा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा रहेका छन् ।

काठमाडौंमा हाल ४१ हजार ८१३ जनामा संक्रमण देखिसकेको छ भने ललितपुरमा पाँच हजार ९२९ जना र भक्तपुरमा चार हजार १९९ जना रहेका छन् ।

कोरोनाका कारण काठमाडौं उपत्यकामा मात्र २२७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१