शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ आश्विन २०७७, सोमबार ०५:३६

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शिक्षा मन्त्रीका स्वकीय सचिव पुरन खड्काले मन्त्री पोखरेललाई कोरोना संक्रमण भएको खरबहबलाई बताए ।

सामान्य ज्वरो आएपछि मन्त्री पोखरेल शनिबार साँझ पाटन अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोनाको आशंका गर्दै स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वकीय सचिव खड्काले बताए ।

मन्त्री पोखरेलमा कोरोना पुष्टि भएपछि शिक्षा मन्त्रालयमा उनको प्रत्यक्षा सम्पर्कमा रहेका मन्त्रीको सचिवालय र सुरक्षाकर्मीको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

शिक्षा मन्त्री पोखरेलले शनिवार डा केसीका मागका विषयमा प्रधानमन्त्री केपी शार्मा ओलीलाई समेत भेटेका थिए ।

शिक्षा मन्त्रीमा कोरोना पुष्टि भए पनि दूरी कायम गरी सावधानी अपनाएर प्रधानमन्त्रीलाई भेटेको स्वकीय सचिव खड्काले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१