बेङ्गलाेरकाे चाैथाे जित, चेन्नइ ३७ रनले पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७७, आईतवार ०४:४७

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेञ्जर्स बेङ्गलोर विजयी भएको छ । शनिबार राति सम्पन्न भएको खेलमा बेङ्गलोरले चेन्नइ सुपर किङसलाई ३७ रनले पराजित गरेको हो ।

१ सय ७० रनको लक्ष्य पच्छाएको चेन्नइले मात्र १ सय ३२ रन बनाउन सक्यो । निरन्तरको अन्तरालमा विकेट गुमाएको चेन्नइका लागि अम्बाती रायुडुले ४२, एन जगदीसनले ३३, सेन वाट्सनले १४ तथा महेन्द्र सिंह धोनीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोरमा रन जोड्न सकेन ।

बेङ्गलोरका क्रिस मोरिसले ३ तथा वासिङ्टन सुन्दरले २ विकेट लिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो ।

बेङ्गलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक रन बनाए । उनले ५२ बलमा ४ छक्का र ४ चौकाको मद्धतमा नटआउट ९० रनको पारी खेले । यस्तै, देवदत्त पडिक्कलले ३३, शिभम दुबेले तथा वासिङटन सुन्दरले १० रनको योगदान दिए ।

चेन्नइका शार्दूल ठाकुरले २ तथा दीपक चाहर र साम कुरानले समान एक-एक विकेट लिए ।

चेन्नइमाथिको जितसँगै बेङ्गलोर चौथो स्थानमा उक्लिएको छ । ६ खेलबाट चार खेलमा जित र दुई खेलमा हारसहित ८ अंक जोडेको बेङ्गलोर रनरेटको आधारमा चौथो स्थानमा रहेको हो । यस्तै, पराजित चेन्नइ छैटौं स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१