सर्वसाधारणलाई प्याज प्रतिकेजी रु ६० मात्रै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७७, शनिबार ०५:२९

काठमाडाैं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी रु ६० मा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न शुरुआत गरेको छ ।
सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई प्रतिकेजी रु ६० मा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिए । उनका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ । उनका अनुसार रु ५२ राजस्व र रु ८ खाद्य कम्पनीको खातामा जिम्मा गरिने छ । केही दिन अघि उपत्यकामा प्याजको मूल्य रु १२० सम्म पुगेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१