काठमाडौं उपत्यकामा कोरोनाबाट पछिल्लो २४ घन्टामा ६ जनाको मृत्यु, ६७४ जना संक्रमित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७७, मंगलवार ०४:५८

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ३८ जना, भक्तपुरमा ७४ जना र ललितपुरमा ६२ जनासहित पछिल्लो २४ घन्टामा ६ सय ७४ जनामा कोरोना संक्रमण भएको छ । ज्यान गुमाउनेमा तीनवटै जिल्लाका दुई दुई जना छन् ।

पछिल्लो २४ घन्टामा १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय ५४ जनासहित देशभर संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ ।

संक्रमितमध्ये ४७ हजार २ सय ३८ जना निको भएर फर्किएका छन् भने ४ सय २७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१