२४ घन्टामा १,१५४ जनामा कोरोना भाइरसको संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७७, मंगलवार ०४:५६

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय ५४ जनासहित देशभर संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ ।

संक्रमितमध्ये ४७ हजार २ सय ३८ जना निको भएर फर्किएका छन् भने ४ सय २७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०