प्रसूति गृहमा कोरोना संक्रमित १० महिलाको सफल डेलिभरी, बच्चामा छैन संक्रमण !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७७, सोमबार ०५:००

काठमाडौं । थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा अहिलेसम्म १० जना कोरोना संक्रमित महिलाले सफल रुपमा बच्चा जन्माएका छन् । नवजात शिशुमा कोरोना संक्रमण नरहेको अस्पतालका उप–निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए ।

संक्रमित रहेकै अवस्थामा सुत्केरी भएकाहरुको अवस्था अहिले सामान्य रहेको उनले जानकारी दिए ।

अस्पतालमा सुत्केरी हुन आउनेहरुमा कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्यकर्मीहरुले त्यसलाई सफल रुपमा डेलिभरी गराउन सफल भएको उनले बताए । उनकाअनुसार धेरै बिरामी अहिले संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

अस्पतालमा जम्मा २० जना बिरामीमा कोरोना संक्रमण भेटिएको छ । अस्पतालमा आएकामध्ये केहीलाई अन्य अस्पतालमा रिफर गरेपनि धेरै जनालाई संक्रमणमुक्त बनाएर घर पठाएको उप–निर्देशक डा. अधिकारीले बताए ।

अहिले अस्पतालमा ७ जना बिरामी उपचाररत रहेका उनले बताए । प्रसूति गृहका ६ जना कर्मचारी अहिले आइसोलेसनमा छन् ।

प्रसूति गृहमा अहिलेसम्म ४८ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । संक्रमणमुक्त भएकाहरु अहिले काममा फर्किसकेको उप–निर्देशक डा. अधिकारीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१